default_image

6 years ago

August 16, 2019

टिम चेस च्याम्पियनसिप थापाथली र गजुरमुखी उपाधिका लागि भिड्ने

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलाम तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् ।


सेमिफाइनलमा शुक्रबार थापाथलीले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४—० ले र गजुरमुखीले गोल्डेनगेटलाई २.५—१.५ अंकले हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन् । एकतर्फी सेमिफाइनलमा थापाथलीका आशिष फुयालले मिलन लामा, रुपेश जैसवालले विवेक श्रेष्ठ, क्षितिज भण्डारीले सुश्रुत दाहाल र सुमित पन्तले मिलन रोकालाई हराए ।

अर्को खेलमा गजुरमुखीका मनिष हमालले भूपेन्द्र निरौलालाई र प्रकाश नेपालले मदनकृष्ण कायस्थलाई हराए । गोल्डेनगेटका केशव श्रेष्ठले रिजेन्द्र राजभण्डारीलाई हराए पनि सुरवीर लामा र कृष्ण थापाबीच बराबरी हुँदा गजुुरमुखीे अन्तिम दुईमा पुगेको हो ।

नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोटस् क्लबको संयुक्त आयोजनामा च्यासलस्थित तुल्सीलालस्मृति प्रतिष्ठानमा जारी प्रतियोगिताको सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ७५ हजार, दोस्रो हुनेटले १ लाख, तेस्रो हुनले ६० र चौथो टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.