6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पिनसिपका लागि सहभागी टोलीहरु आउने क्रम जारी छ ।
यसैक्रममा बंगलादेश भलिबल टोली आज बिहान १२ बजे काठमाडौंमा आइपुगेको छ । बंगलादेश भलिबल टोलीलाई नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, ऐन बहादुर शाही, सचिव मदन खड्का, मनवीर छन्त्याल र सदस्य ज्योति केसी र रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । टोली नक्सालमा रहेको होटल क्राउन प्लाजामा बस्नेछ ।
शुक्रबार बिहान १० बजे माल्दिभ्स भलिबल टोली प्रतियोगितास्थल नेपाल आइसकेको छ । माल्दिभ्सको टोली पनि सोही होटेलमा बस्नेछ । अरु दुई टोली किर्गिस्तान र तुर्केमिनिस्तान आज राति काठमाडौं आइपुग्ने तालिका छ । उज्वेकिस्तान आइतर बिहान नेपाल आउनेछ ।
सेन्ट्रल जोनका लागि अफगानिस्तानको टोली गत मंगलबार नै नेपाल आइसकेको छ । टोलीले नेपालसँग दुई मैत्रीपुर्ण खेल खेलिसकेको छ । जसमा नेपाल दुवै खेलमा ३–२ को सेटमा विजयी हुन सफल भएको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिप लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । च्याम्पियनसिपको सबै खेलको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]