default_image

6 years ago

August 14, 2019

भलिबल टोलीको एक वर्षपछि अन्तर्राष्ट्रिय खेल

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले करिव १ वर्षपछि आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपालमै आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि नेपालले आज अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।

नेपालले गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्समा भलिबलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता, नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । नेपालले एसियन गेम्समा १५औं स्थान हात पारेको थियो ।

समूह चरणबाटै बाहिरिएको नेपालले वरीयताका लागि हुने खेलमा मंगोलिया र किर्गिस्तानलाई पराजित गर्दा श्रीलंकासँग हार बेहोर्दै १५आं स्थान हात पारेको थियो । नेपाल र अफगानिस्तानबीचको खेल दिउसो ३ बजेपछि लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ । उक्त खेलको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपाली टोलीका कप्तान इम बहादुर रानाले अफगानिस्तानसँगको खेलले प्रतियोगितामा गल्ती सच्याउने अवसरको रुपमा रहने बताए । अफगान टिमका प्रशिक्षक तथा कप्तानले आफूहरुको मुख्य लक्ष भनेको उपाधी हात पार्ने नै हो भन्दै प्राय सवै टोलीको खेलसंग आफूहरु जानकार रहेको बताएका छन् ।

भदौ २ गतेदेखि ७ गतेसम्म हुने पाँचौं एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि अफगान टोली मंगलबार काठमाडौं आइपुगेको छ । सेन्ट्रल जोनमा नेपाल र अफगानिस्तानसहित बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, तुर्केमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.