default_image

5 years ago

August 11, 2019

नेपाली धावक निमेषले जिते स्वर्ण

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष गुरुङले दोस्रो स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा स्वर्ण जितेका हुन् । उनले भारत र चीनका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका हुन्।

भारतका रविन्द्रसिंह रटेउला दोस्रो भए भने चीनका दाइ जुङफेङले तेस्रो स्थान हात पारे। यसअघि निमेषले निमेषले शुक्रबार हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।

अब उनले अगस्ट १८ मा ट्र्याक एन्ड फिल्ड अन्तर्गत १० हजार मिटर दौडनमा प्रतिस्पर्धा गर्न बाँकी छ । पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो।

प्रतियोगितामा ओलम्पिक खेलकुदका जस्तै विभिन्न खेलमा प्रतिस्पर्धा हुन्छ। एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए।

संखुवासभामा जन्मिएका निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए ।

September 22, 2024

डिभि ट्राभल्सलाई पार्क भलिबल उपाधि, सन्जुविक्रम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – डिभि ट्राभल्सले फोर ए साइड पुरुष पार्क भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा युके लन्डन टिमलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै डिभि ट्राभल्सले १ लाख १ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो […]

September 22, 2024

एरिकाको यात्रा – एक वर्ष, ५ अन्तर्राष्ट्रिय प्रतियोगिता ६ पदक

सरिता श्रेष्ठ, काठमाडौं करातेकी एरिका गुरूङ नेपाली खेलकुदकी सफल खेलाडी। छोटो समयमा एरिकाले प्राप्त गरेको सफलता र पदक लोभलाग्दो छ। उनले गत वर्ष १९ औं एसियाली खेलकुद (एसियाड) मा ऐतिहासिक रजत जित्दै देशलाई गर्विलो क्षण दिइन्। उनी निर्विवाद नेपाली करातेकी सर्वाधिक सफल खेलाडी हुन्। २० वर्षको उमेरमा उनले अन्तराष्ट्रिय एरिनामा गरेको प्रदर्शन निकै दमदार रहेको […]

September 22, 2024

एरिका ऐतिहासिक स्वर्णबाट चुकिन्

काठमाडौं (हाम्रो खेलकुद)-  स्टार कराते खेलाडी एरिका गुरूङले २०औं  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी छिन्। चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाउँदै स्वर्ण जितिन्। यो हारमा नेपाली करातेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका एरिकाले गुमाएकी छिन्। उनले प्राप्त गरेको रजत ऐतिहासिक […]

Success

Thank you for your time.