6 years ago
August 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चेसका खेलाडी पनि अनुबन्धित भएका छन् । रुकुम चेस क्लबले तुलसी स्मृती प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ ।
क्लब संग अनुबन्धित हुने खेलाडीमा मिलन लामा, सुस्रुत दाहाल, विवेक श्रेष्ठ, युवराज पौडेल र मिलन रोक्का छन् । खेलाडीलाई क्लबका संयोजक तथा अन्तराष्ट्रिय आर्विटर एवं राष्ट्रिय ईन्ष्ट्रक्टर बालाराम पुनले आइतबार अनुबन्ध पत्र हस्तान्तरण गरे ।
चेस खेलमा उत्कृष्ट, अनुशासित तथा शिक्षित खेलाडीका रुपमा गनिएका खेलाडी मध्येका मिलन अन्तराष्ट्रिय रेटिङमा २०३४ मा रहेका छन् । उनी यु – १० का च्याम्पियन रहनुका साथै सहकारी चेस च्याम्पियनका उपविजेता समेत हुन् । हालै पूर्वमा भएको पथरी ओपन विजेता रहेका सुस्रुत दाहाल १८१९ रेटिङ्गमा छन् ।
गत साल भएको टिम च्याम्पियनमा सनसनीपूर्ण खेल प्रस्तुत गरेका विवेक १८४४ रेटिङका हुन् । यु – १६ उपविजेता भई २०१७ का ओलम्पियाडमा सहभागी भईसकेका युवराज १६६३ रेटिङ तथा मध्यपश्चिमका विजेता भईसकेका रुकुमका पहिलो खेलाडीमा गनिएका मिलन रोक्का १७६६ रेटिङमा छन् । संयोजक पुनले अनुशासित तथा उच्च स्तरका खेलाडीलाई क्लबमा अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताए ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]