6 years ago
August 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिनाको सुरुवातमा हुने एभीसी एसियन सिनियर मेन्सट सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली भलिबल टोलीको नेतृत्व फेरि एक पटक इम रानाले गर्ने भएका छन् ।
उनकै नेतृत्वमा नेपालले पहिलो पटक तीन वर्षअघि सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । फेरि एक पटक उनकै नेतृत्वमा नेपालले चुनौति पेश गर्नेछ । उनको कप्तानीमा नेपाल भलिबल संघले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
२०७१ मा नियमित कप्तान कैलाश भट्टले अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएपछि नेपाल पुलिस क्लबको भलिबल टोलीको समेत कप्तान रहेका उनले नेपाली टोलीको कप्तानीको जिम्मेवारी पाएका थिए । शुरुवाती बेलाको ओपन स्पाइकर (हाल लिफ्टर) इमले २०७२ मा बंगलादेशमा आयोजना भएको प्रथम एभीसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी गरेकाे थियाे ।
डच प्रशिक्षक हान एबिङले भने संघलाई तीन दिन अघि नै नावली बुझाएपनि संघले आइतबार मात्र आधिकारिक घोषणा गरेको हो । टोलीमा पर्ने सबै खेलाडी विभागिय हुन् । जसमा तीन खेलाडी पहिलो पटक टोलीमा पर्न सफल भएका छन् ।
त्रिभुवन आर्मी क्लबका राजेन्द्र विष्ट र दुर्गा खड्का तथा एपएिफका टेकराज अवस्थीले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाउन सफल भए । १८ जनाबाट पुलिसका राजु शेरचन र द्धारिका थापा तथा आर्मीका दुर्गा महतो र सरन सामरीले अन्तिम चरणमा स्थान बनाउन सकेनन् ।
भलिबल संघले आयोजना गर्ने एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप भदौ २ देखि ७ गतेसम्म आयोजना हुदैछ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
च्याम्पियनसिपमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबल प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो । माल्दिभ्समा यसअघि आयोजित प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।
यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । टोलीको प्रशिक्षण डच प्रशिक्षक हान एबिङले सम्हालेका छन् । नेपाली टोलीले असार पहिलोसाताबाट नियमत प्रशिक्षण गरिरहेको छ । यसै च्याम्पियनसिपको लागि नेपालले अफगानिस्तानसँग बुधबार र बिहीबार दुई मैत्रीपुर्ण खेल खेल्दैछ । च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्नेछ ।
नेपाली भलिबल टोली
इम बहादुर राना (कप्तान, सेटर)
हरिहजुर थापा (सेटर)
नरेन्द्र गिरी (जोन २)
विशाल विक (जोन २)
राजकुमार निरौला (जोन २)
हरि अधिकारी (जोन ३)
दुर्गा खड्का (जोन ३)
दिपक राज जोशी (जोन ३)
धनबहादुर भट्ट क्षेत्री (जोन ४)
राजेन्द्र विष्ट (जोन ४)
कुलबहादुर थापा (जोन ४)
टेकराज अवस्थी (जोन ४)
विनोद बहादुर चन्द (लिवेरो)
इश्वर थापा मगर (लिवेरो)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]