default_image

6 years ago

August 9, 2019

सेन्ट्रल जोन भलिबल अघि नेपाल र अफगानिस्तान भिड्ने

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा रहेका नेपाल र अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीबीच अर्को साता दुईवटा मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ ।

नेपाली टोलीको १४ खेलाडीको अन्तिम छनोट भएको भोली पल्ट शुक्रबार नेपाल भलिबल संघले अफगानिस्तानसँग साउनको २९ र ३० गते दुई खेल हुने जनाएको छ । सेन्ट्रल जोनमा सहभागी हुने अफगानिस्तान केहि दिन अघि नै नेपाल आइपुग्दैछ । यसै महिना नेपाली र भारतीय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल तय भएर पनि पछि रद्द भएको थियो ।

यसपटक ३ नयाँ खेलाडी समावेश गर्दै नेपाली टोलीको घोषणा भइसकेको छ । नेपाल भलिबल संघको आयोजनमा भदौ २ देखि ७ गतेसम्म सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन प्रतियोगिताको सम्पूर्ण खेल हाम्रो खेलकुद डट कमको युट्युबमा प्रत्यक्ष प्रसारण हुनेछ । आजै हाम्रो खेलकुद डट कमको युट्युब च्यानल सब्सक्राइब गर्नुहोला ।

नेपाली भलिबल टोली

धनबहादुर भट्ट क्षेत्री (आर्मी)
विशाल विक (पुलिस) 
कुलबहादुर थापा (पुलिस)
राजेन्द्र विष्ट (आर्मी)
टेकराज अवस्थी (एपीएफ)
हरिबहादुर अधिकारी (आर्मी)
दुर्गा खड्का (आर्मी)
दिपक राज जोशी (पुलिस) 
नरेन्द्र गिरि (आर्मी)
राजकुमार निरौला (एपीएफ)
ईमबहादुर मगर (कप्तान) (पुलिस) 
हरिहजुर थापा (आर्मी)
विनोद बहादुर चन्द (एपीएफ)
इश्वर थापा मगर (आर्मी)

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.