6 years ago
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका चार खेलाडी सुकीर्ति पदकबाट सम्मानित भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सुकीर्ति पदक प्राप्त गर्नेमा आर्मीका भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र भैरव बम तथा एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल रहेका छन् ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित सेनाको मुख्यालयमा आयोजित कार्यक्रमा चार खेलाडीलाई पदक प्रदान गरेका थिए ।
सरकारबाट पदक प्राप्त गरेपछि भलिबलमा अझै राम्रो हौसला मिलेको मानबहादुरले बताए । यद्दपी उनी अहिले एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टोलीमा भने छैनन् ।
वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद नखेलेका कारण उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा पर्न सकेनन् । आठौं सुरु हुनु केहि दिन अघि उनी भलिबल खेल्नकै लागि जापान भएका थिए । आठौंका केहि खेल बाँकी रहँदा उनी स्वदेश फर्केपनि सेनाले उनलाई आठौं खेल्न दिएन । जसका कारण उनी अहिले पुरुष टोलीमा समेटिएनन् ।
उनले गत महिना पोखरामा सम्पन्न बीच भलिबलमा भाग लिएका थिए । दील सुनार उनको उनको जोडी विजयी भएको थियो । यो वर्ष मानबहादुरले बीच भलिबलमात्र खेल्ने सम्भावना रहेको बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]