default_image

6 years ago

August 6, 2019

दिवाना र रोशनी दोस्रो चरणका लागि छनोट

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी दिवाना शेर्मा र रोशनी राई नेपालमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणका लागि छनोट भएका छन् ।

नेपाल बक्सिङले मंगलबार खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा महिलाको दुई स्पर्धाका लागि छनोट भएको थियो । ४८ केजीमा प्रहरीकी दिवानाले प्रदेश १ की प्रतिमा श्रेष्ठ बाट वाक ओभर पाउदै छनोट भइन् ।

५१ केजीमा प्रदेश ३ की रोशनीले प्रदेश १ की रोशनी लावतीलाई अंक आधारमा पराजित गर्दै छनोट भइन् । यो दुई तौलसमूहमा पहिलो भएका खेलाडी स्वास्थ्य र कम उमेरका कारण प्रशिक्षणमा सहभागी हुन नपाएपछि छनोट आयोजना गरिएको बक्सिङ संघले जनाएको छ ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.