default_image

6 years ago

August 5, 2019

भलिबल संघका अध्यक्ष शर्मालाई मातृ शोक

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)- नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई मातृ शोक परेको छ । १ सय २ वर्षकी आमा लिलादेवी अर्यालको आज दिउँसो काठमाडौंको ब्लुक्रस अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

केही समयदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ  । उनका २ छोरा र २ छोरी छन् ।अध्यक्ष शर्मा उनका जेठा छोरा हुन् ।

अर्याललाई पशुपति आर्यघाटमा परिवारजन, संघिय सांसद विरोध खतिवडा, पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, भलिबल संघका पदाधिकारी, खेलकुदकर्मीलगायतले अन्तिम श्रद्धान्जली दिएका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.