default_image

6 years ago

August 4, 2019

१३ औं साग– एनओसी अध्यक्ष श्रेष्ठको संयोजकत्वमा उप समिति गठन

101 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – चार महिना पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी, निरिक्षण र अनुगमनका लागि शिक्षा तथा स्वास्थ्य संसदीय समितिले संघिय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा आइतबार पाँच सदस्यीय उप समिति गठन गरेको छ

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ।

उपसमितिको सदस्यमा सांसदहरु नवीना लामा, नारायणप्रसाद मरासिनी, नमिताकुमारी चौधरी र गजेन्द्रबहादुर महत रहेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ साग दक्षिण एसियाली ओलम्पिक काउन्सिन (एसएओसी) का अध्यक्ष समेत हुन् ।

साग आयोजक राष्ट्रका एनओसी अध्यक्ष नै एसएओसीको अध्यक्ष हुने प्रावधान छ । मंसिर १५ देखि २४ गते सम्मका लागि १३ औं साग काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

उप समितिले सागको भौतिक पूर्वाधार लगायत सबै खाले तयारीका विषयमा निरिक्षण गर्नुका साथै आवश्यक निर्देशन पनि दिने संयोजक श्रेष्ठले बताए । संयोजक श्रेष्ठले उप समितिले तत्काल काम थाल्ने बताएका छन् । सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय (साफ) खेलकुदको सुरुवात नेपालबाटै भएको थियो ।

सार्क राष्ट्रको सहभागिता रहने यस प्रतियोगिताको नाम २००४ को नवौं संस्करणबाट दक्षिण एसियाली खेलकुद (साग) रहेकेको थियो । नेपालले दोस्रो पटक १९९९ मा साग आयोजना गरेको थियो ।
२० वर्षपछि साग आयोजनाको जिम्मेवारी पाउँदा अझै समयमा हुनुमा शंका छ । यसअघि दुई पटक १३ औं सागको मिति भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएकै कारण सरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.