default_image

5 years ago

August 3, 2019

हिमालयनलाई स्कोडा अन्तर बैंक फुटसल उपाधि

92 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम स्कोडा अन्तर बैंक फुटसल २०१९ को उपाधि हिमालयन बैंकले जितेको छ । शनिवार काठमाडौंम सम्पन्न फाइनलमा हिमालयनले ग्लोबल आईएमीलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि समेमिफाइनल खेलमा ग्लोबल आईएमीले मेघालाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै हिमालयनले सिभिललाई ३-२ को कठिन जित निकाल्दै फाइनलमा पुगेको थियो ।

आजनै भएको क्वाटरफाइनल खेलमा मेघाले कुमारी बैंकमाथि ४-१ को सहज जित निकालेको थियो । त्यस्तै अर्को क्वाटरफाइनल खेलमा ग्लोबलले एनआईसी एसियालाई ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

तेस्रो क्वाटर फाइनल खेलमा सिभिलले एनएमबीलाई ३-२ ले हराएको थियो । अन्तिम क्वाटरफाइनल खेलमा हिमालयनले प्रभुलाई ३-२ ले पराजित गर्दै सेमिफाइनमा सिभिलसँगको भेट पक्का गरेको थियो ।

December 23, 2024

एनओसी निर्वाचनको लागि अनलाइनमार्फत मनोनयन सुरु!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को शनिवार हुने निर्वाचनको मनोनयन दर्ता अनलाईन मार्फत सुरु भएको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) सँगको समन्वय र प्राप्त निर्देशनका आधारमा अनलाइन मार्फत मनोनयन दर्ता गरेको हाम्रो खेलकुद डटकमलाई बताए। मनोनयन दर्ता आज राती ११:३० बजेसम्म खुल्ला गरिएको छ। भोलि बिहान ९:३० बजे निर्वाचन […]

December 23, 2024

एनएनआइपिए स्पोर्टस अवार्ड तारकेश्वरमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण पुस २० गते आयोजना हुने भएको छ। यस पटकको अर्वाड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। मनमैजुमा भएको पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठबीच अवार्ड आयोजनाका […]

December 23, 2024

एनओसी भवनमा प्रवेशमा प्रहरीको रोक , मनोनयन दर्ता प्रभावित

ललितपुर (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालय प्रवेशमा प्रहरीदले रोक लगाएको छ। शनिवार हुने एनओसीको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने समय तय भएको थियो। १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने भनिएपनि बिहान ७ बजेदेखि नै प्रहरीले एनओसी भवनमा प्रवेश निषेध गरेको छ। एनओसीमा रहेका प्रहरी […]

Success

Thank you for your time.