default_image

6 years ago

August 3, 2019

म्याच फिक्सिङमा संलग्न भए ६ वर्ष जेल!

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतो (म्याच फिक्सिङ) लाई नेपाली कानुनले पहिलो पटक सम्बोधन गरेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको प्रमाणित भएमा ६ वर्ष सम्मको जेल सजाय हुने भएको छ । राष्ट्रिय सभाले बिहीबार पास गरेको राष्ट्रिय खेलकुद विकास विधेयकमा यस्तो प्रावधान राखिएको छ ।

विगतमा पूर्व कप्तान सागर थापासहित ५ खेलाडीलाई एसियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङमा संलग्न भएको आरोपमा आजीवित खेल्नबाट प्रतिबन्ध लगाएको थियो । तर, देश भित्र कानुन नभएका कारण उनीहरुले ‘राष्ट्र विप्लपको कसूर अपराध गरेको’ मुद्दामा सफाई पाएका थिए ।

विधयकमा भनिएको छ, ‘यदि खेलाडीले देश भित्र म्याच फिक्सिङ गरेका छन् भने त्यस्ता खेलाडीलाई तीन वर्ष सम्मको जेल र ५० हजार रुपैयाँ सम्मको जरिवाना हुनेछ । त्यस्तै यदि अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेमा त्यस्तलाई थप तीन वर्ष जेल सजाय हुनेछ । ‘

विधेयकले खेल मिलेमतोमा प्रोत्साहित गर्नेलाई पनि सजाय तोकेको छ । त्यस्ता प्रभावित गर्नेलाई पनि तीन वर्षसम्मको जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना गरिनेछ । त्यस्तै खेलाडीले प्रतिबन्धित औषधी प्रयोग गरेको खण्डमा त्यस्ता खेलाडीलाई खेलबाट प्रतिबन्ध लगाइनेछ ।

विगतमा धावक राजेन्द्र भण्डारी डोपिङमा असफल भएपनि देश भित्र भने उनलाई कुनै कानुन लागेन । सन् २००६ को दशौं दक्षिण एसियाली खेलकुद (साग) मा भण्डारीले ३ हजार मिटर स्टिपल चेज र ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेको थिए । पछि उनी डोपिङ असफल भएपछि उनको पदक खोस्नुका साथै एथलेटिक्सको अन्तर्राष्ट्रिय निकायले उनलाई २ वर्षको प्रतिबन्ध लगाएको थियो । कानुन अभावमा उनले देश भित्र भने कुनै सजाय भोग्नु परेन ।

यदि कुनै खेलाडीले प्रतिबन्धित औषधी सेवन गरेको पाइएमा पहिलो पटक प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना गरिनेछ , विधयेकमा भनिएको छ, दोस्रो पटक पनि दोषी पाइएमा १० देखि ५० हजार रुपैयाँ सम्मको जरिवाना हुनेछ ।

सोही विधयेकमा कुनै पनि खेलाडी अपराध, रंगभेद, लैंगिक विभेद, भाषागत, क्षेत्रगत र विचारका आधारमा अपमान गरेमा त्यस्तालाई ३० देखि ५० हजार रुपैयाँ सम्मको जरिवाना हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.