default_image

5 years ago

July 29, 2019

वाङ्दीले कुवेतमा बक्सिङ खेल्ने

59 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा नेपाले भाग लिने भएको छ । कुवेत बक्सिङ संघको आयोजनामा अगस्ट १ देखि ९ सम्म हुने प्रतियोतिगाको ४९ केजी तौल समूहमा छिरिङ वाङ्दीले प्रतिस्पर्धा गर्नेछन् ।


उनको प्रशिक्षकका रुपमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापा मगर र व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य एवंम स्कुल बक्सिङ समितिका संयोजक पुष्करराज पन्त छन् ।

मंगलबार त्यसतर्फ जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र बक्सिङ संघका अध्यक्ष राम अवालेले सोमबार टोलीलाई विदाई गरे । कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्रयाकसुट प्रदान गरेको थियो भने बक्समाण्डुले खेलाडीलाई खेलका क्रममा लगाने पोशाक प्रदान गरेको थियो ।

September 22, 2024

एरिका ऐतिहासिक स्वर्णबाट चुकिन्

काठमाडौं (हाम्रो खेलकुद)-  स्टार कराते खेलाडी एरिका गुरूङले २०औं  सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी छिन्। चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाउँदै स्वर्ण जितिन्। यो हारमा नेपाली करातेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका एरिकाले गुमाएकी छिन्। उनले प्राप्त गरेको रजत ऐतिहासिक […]

September 22, 2024

एरिका स्वर्णका लागि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट खेल्दै छिन्। चीनमा जारी च्याम्पियनसिपको ६८ केजी माथीको तौल समुहको फाइनलमा आज एरिकाले भियतनामकी एनगोवान नुगेनको सामना गर्नेछिन्। यसअघि शुक्रबार लगातार तीन बाउट जितेर उनले फाइनलमा स्थान सुरक्षित गरेकी थिइन। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी […]

September 22, 2024

काभा क्लब च्याम्पियनसिप- उषा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी उषा भन्डारी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो । विधागत उत्कृष्ट खेलाडीको पुलिसको बर्चस्व रह्यो । उषाबेस्ट अपोजिट हिटर घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ […]

Success

Thank you for your time.