6 years ago
July 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली ब्याडमिन्टन खेलाडीलाई सफलता मिलेको छ । दोस्रो वाक ए हेड ओपन ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत मिक्स डबल्सको समूह डीमा नेपाली सानिया चन्द र विक्की बुढा मगरको जोडी विजयी बनेका छन् ।
सानिया र विक्कीको जोडीले फिलिपिन्सका केली पाङ्लालिनान र सेइना राजागोसाको जोडीलाई २–१ ले पराजित गरेको थियो ।
विक्की वैशाखमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एनआरएन टोलीका तर्फबाट सहभागी भएका थिए ।
दुबईमा परिवारका साथ बसोबास गर्दै आएकी सानिया महेन्द्रगरकी हुन् । सानियाका भाई सहिल पनि ब्याडमिन्टन खेल्छन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]