default_image

6 years ago

July 22, 2019

पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सुशिल क्वाटरफाइलमा

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै नेपालका सुशिल थापा थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सुशिलले ४९ केजी लाईट फ्लाइट तौलमा पाकिस्तानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउन्डको दोश्रो मिनेटमा आरएससी (रेफ्रस् स्टप कन्टेस्ट) को आधारमा हराउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

सुशिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसिलले उल्लाइलाई एकै राउण्टमा तीनपटक काउण्टको धरापमा पारेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्टमा तीनपटक काउण्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रीले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ । नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत २ हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेका छन् ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.