default_image

5 years ago

July 22, 2019

शारीरिक सुगठन टोली चीन जाने

31 views

0 Bookmark

काठमाडौं  (हाम्रो खेलकुद)–  नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ ।

जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुलाई बडि बिल्डिङका प्रमुख प्रशिक्षक राजेन्द्र तुलाधरले प्रशिक्षण गराएको संघले जनाएको छ ।

फिसियलमा संघका महासचिव अजय वज्राचार्य तथा पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ रहेका छन् । दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागी हुने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

कार्यक्रममा सदस्य–सचिव सिलवालले अस्तित्वमा रहेका दुई शारीरिक सुगठनलाई एक भएर आउन आग्रह गर्दै विभाजनले कसैलाई फाइदा नपु¥याउने बताए ।

September 22, 2024

काभा क्लब च्याम्पियनसिप- उषा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी उषा भन्डारी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो । विधागत उत्कृष्ट खेलाडीको पुलिसको बर्चस्व रह्यो । उषाबेस्ट अपोजिट हिटर घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ […]

September 21, 2024

पुलिस काभा महिला क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित […]

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

Success

Thank you for your time.