default_image

6 years ago

July 20, 2019

एसियन सेन्ट्रल जोन भलिबललाई नेपाल सेटलाइटको प्रायोजन

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ ।

नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई चेक हस्तान्तरण गरेकी थिइन् ।

च्याम्पियनसिपमा नेपाल सहित बंगलादेश,मालदिभ्स,अफगानिस्तान,किर्गिस्तान, तुर्किमिनिस्तान, र उज्वेकिस्तान गरि ७ टोलीको सहभागिता रहनेछ । नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष समार्गीले नेपालमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना हुनु गर्वको विषय भएको उल्लेख गर्दै भनिन्,‘त्यस्तो प्रतियोगितामा हाम्रो कम्पनीले सहयोग गर्न पाउनु खुसीको विषय हो । यसलाई सफल पार्न हामी सबैले आ आफ्नो ठाँउबाट प्रयास गर्नुपर्दछ ।’

संघका अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकमलाई प्रायोजनका लागि धन्यवाद दिएका थिए । संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार सहभागी टोली मध्ये अफगानिस्तान प्रतियोगिताको झन्डै एक साता अघि आउने सम्भावना रहेको बताए । उनले च्याम्पियनसिप अघि अफगानिस्तानसँग मैत्रीपूर्ण खेलको प्रयास गरिने समेत बताए । अन्य टोली भने प्रतियोगिताको दुई दिन अघि काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले च्याम्पियनसिपका लागि यसअघि नै ४० लाख रुपैयाँको प्रायोजन गरेको थियो । त्यस्तै च्याम्पियनसिपका लागि भलिबल संघका सचिव मनवीर छन्त्याल अध्यक्ष रहेको ढोरपाटन स्पोर्टस क्लब र संघकी सदस्य प्रिन्सिपल रहेको अनज्योतिले समान १ लाख रुपैयाँ सहयोग गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.