default_image

6 years ago

July 20, 2019

पोखरामा १३ औं सागका प्याराग्लाइडिङसहित ७ खेल हुन सक्ने !

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक जित्ने प्याराग्लाइडिङसहित पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ७ खेल हुने सम्भावना रहेको बताइएको छ ।

छलफलमा सहभागीहरु ।

गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । त्यसमा नेपालले जितेको त्यो एकमात्र पदक हो ।

१३ औं साग मंसिर १५ देखि २४ गते सम्म नेपालमा हुने तय भएको छ । काठमाडौं उपत्यका र पोखरामा विभिन्न खेल आयोजना हुने बताइएको छ । यद्दपी आधिकारिक रुपमा कुन खेल कहाँ हुने अझै सार्वजनिक भएको छैन । यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङको पहलमा पोखरामा शनिबार १३ औं साग आयोजना विषयमा छलफल भएको थियो ।


छलफलका क्रममा आर्चरी, प्याराग्लाइडिङ, महिला फुटबल, ह्यान्डबल, भलिबल (महिला), भारोत्तोलन र ट्रायथोलन पोखरामा आयोजना हुन सक्ने सहभागीले बताएका छन् । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टाइएको राखेप सदस्य गुरुङले जानकारी दिएका थिए ।

छलफलमा जति सक्दो चाडो सचिवालय स्थापना गरेर काम अघि बढाउन सल्लाह दिएको बताइएको छ । नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ र नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यम गुरुङ दुवै पोखरा निवासी भएकाले आ आफ्ना खेल पोखरामा ल्याउनका लागि प्रयारत छन् ।

यदि दुवै खेल पोखरा भएको खण्डमा सागको औपचारिक उद्घाटन अघि नै खेल सुरु गर्नुपर्ने विषयमा पनि छलफलमा चर्चा भएको थियो । दुवै खेल सक्नलाई ६ वा ७ दिन लाग्न सक्ने बताइएको छ । बैठकमा सहभागीहरुले पोखरामा सागका खेल हुनु आफैमा राम्रो भएपनि भौतिक पूर्वधार निर्माण नएका कारण हुनेमा शंका गरेका छन् । त्यसका लागि छिटो काम सुरु गर्नेपर्नेमा उनीहरुको जोड थियो ।

७ खेल हुने भनिएपनि पोखरा रंगशाला समयमा निर्माण हुनेमा भने शंका छ । अहिले सम्म रंगशालाको नक्सा तयार भइनसकिएको बताएको छ । शुक्रबारको बैठकपछि रंगशाला निर्माण कम्पनीलाई ३ दिनमा दिनमा डिजाइन सक्न निर्देशन दिएको छ । अब पोखरा रंगशालामा प्राकृतिक मैदान नै तयार हुने बताइएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा (सुनार) ले निर्माण कम्पनीलाई कार्तिकको दोश्रो साता सम्म सम्पूर्ण काम सक्ने गरि बैठक भनिएको जानकारी दिए । राखेप सदस्य सचिव रमेश कुमार सिलवालले बैठकमा पोखरामा १३ औं सागको महिला फुटबल हुने बताएका थिए । कम्पनीले एस्ट्रो तर्फ राख्ने गरि काम अघि बढाएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.