default_image

9 years ago

May 28, 2016

सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड

104 views

0 Bookmark

काठमाडौं – सातौं राष्ट्रिय खेलकुद अर्को बर्ष आयोजना हुने पक्का भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७३/७४ मने बजेट प्रस्तुत गर्ने क्रममा शनिबार सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैयाँ छुट्टाएको छन् । छैटौं सकिएको छ बर्ष सम्म पनि सातौं राष्ट्रिय खेलकुद हुन सकेको छैन ।

budget nepal

तस्वीर : इकान्तिपुर

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले बजेट मार्फत सातौं राष्ट्रिय खेलकुद आयोजना सुनिश्चित भएको बताउँछन् । ‘बजेट र अरु कारणले राष्ट्रिय खेलकुद स्थगित हुदै आएको थियो,’ उनले भने,‘अब बजेटका कारण रोक्किन ।’

तथापी सरकारले खेलकुदको पूजिँगत खर्चतर्फ भने गत बर्षको तुलनामा आउने बर्ष घटाएको छ । युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४० करोड रुपैयाँभन्दा केही बढी विनियोजन गरेका छन् । जुन गत आर्थिक बर्ष २०७२/७३ को भन्दा झन्डै ५५ करोड रुपैयाँले बढी हो ।
चालु खर्चतर्फ २ अर्ब २० करोड २४ लाख ६५ हजार छुट्टाएको सरकारले पुजिँगत खर्चतर्फ १९ करोड ७९ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ । यो गत आर्थिक बर्षको भन्दा झन्डै ३ करोड कम हो ।

सरकारले दुई बर्षपछि आयोजना गरिने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भौतिक पूर्वाधार निर्माणका बजेट छुट्टाइएको बताएको छ ।

मुस्ताङ र सोलुखुम्बुमा हाइ अल्टिच्युट स्पोर्टस् स्टेडियम निर्माण कार्य पनि आउने बर्ष सुरु गर्ने बताइएको छ ।

पौडेलले विद्यालयस्तरदेखि नै योजनाबद्ध रुपमा खेलाडी उत्पादन र विकास गर्नका लागि ७५ जिल्लाका सबै सामुदायीय विद्यालयहरुमा अनिवार्य रुपमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गरिने बताएका छन् ।
सरकारले बजेटमार्फत आगामी तीन बर्ष भित्र मूलपानी, भैरहवा र धनगढीमा क्रिकेट मैदान निर्माणको कार्य सम्पन्न गर्ने उल्लेख गरेको छ । त्यस्तै डडेलधुरा, बैतडी,धनुषा, मोरङ, दाङ, सुर्खेत र पर्सामा नयाँ क्रिकेट मैदान निर्माणको काम सुरु गर्ने भएको छ ।

झापाको लखनपुर र काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला आउने बर्षमा सुरु गरिसक्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन् । त्यस्तै प्रत्येक प्रदेशमा एउटा रंगशाला र एउटा बहुउद्देश्यी कभर्डहल निर्माणका लागि बजेट व्यवस्था गरेको उनले व्यवस्थापिका संसदमा जानकारी दिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.