6 years ago
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिस खेलाडी स्वेच्छा नेम्वाङले न्यु शौभाग्य ज्वेलर्स प्रालि सञ्चालनमा ल्याएकी छिन् । स्वेच्छाले सिनामंगल भत्केको पुल नजिकै ज्वेलर्स र कारखाना बुधबारबाट विधिवत रुपमा सञ्चालनमा ल्याएकी हुन् ।
ज्वेलर्सको उद्घाटन नेपाल टेबल टेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यले गरे । स्वेच्छाको यो दोस्रो ज्वेलर्स हो । यसअघि उनले सहकार्यमा २०७४ मा पुरानो बानेश्वरमा सौभाग्य ज्वेलर्स सञ्चालनमा ल्याएकी थिइन् । यसपटक उनले एकल लगानीमा न्यु सौभाग्य ज्वेलर्स र कारखाना नै सञ्चालनमा ल्याएको हो ।
करिव ५० लाख लगानीमा सञ्चालनमा आएको ज्वेलर्समा स्वदेशी तथा बिदेशी गुणस्तरीय गरगहना सहज रुपमा उपलब्ध हुनुका साथै त्यही बन्नेछ । ज्वेलर्समा सुनचाँदी, हिरा, मोती र पत्थरलगायतका गरगहना अर्डर बमोजिम बनाइने र रेडिमेड स्वदेशी तथा बिदेशी गहना पनि उपलब्ध हुनेछ । ४ हजारदेखि सुनका गहना पाइने सञ्चालक स्वेच्छाले जानकारी दिइन् । पुराना गहना एक्सचेन्ज गर्ने व्यवस्था पनि रहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]