6 years ago
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा महिला टोली विजयी भएको छ ।
थाइल्यान्डको चोनबुरीमा बुधबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले फिलिपिन्समाथि ३–२ को पुनरागमन जित निकालेको हो । च्याम्पियनसिपमा पहिलो जित निकालेको हो ।
नेपाल यसअघि समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ८–० ले तथा उज्बेकिस्तानसँग ९–० ले पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । नेपालको जितमा देविका विकले दुई तथा निलिमा पाण्डेले एक गोल गरिन् ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार इरानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको समूह ‘ए’ मा उज्वेकिस्तान, काजकस्तान, इरान र फिलिपिन्स रहेका छन् । नेपालले यस प्रतियोगितामा पहिलोपटक खेलेको हो ।
पुरुष तर्फ भने नेपालले जित हात पार्न सकेको छैन । समूह चरणमा एक खेल बाँकी रहँदा नेपाल अंकविहीन हुदै पुछारमा छ । नेपालले अब अन्तिम खेलमा बिहीबार चाइनिज ताइपेइसँग खेल्नेछ ।
बुधबार नेपाल सिंगापुरसँग १७–१ को फराकिलो अन्तरले पराजित भएको हो । नेपालका लागि प्रेम विकेले एक गोल गरे । सिंगापुरका ग्रेवाल र गोहले ह्याट्रिक पुरा गरे । नेपाल पहिलो खेलमा उज्जेकिस्तानसँग १३–२ र काजकस्तानसँग १२–१ ले पराजित भएको थियो ।
च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ९ टोलीको सहभागिता रहने नेपाल हक्की संघले जनाएको छ । नेपाल हकी संघका उपाध्यक्ष मनिष झाको नेतृत्वमा रहेको टोलीमा पुरुष र महिलातर्फ समान १२ खेलाडी छन् । पुरुष टोलीको प्रशिक्षकमा बाबुराम नेपाल र महिला टोलीको प्रशिक्षकमा रन्जन थापा छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]