default_image

6 years ago

July 16, 2019

भलिबलका कप्तान इम असईमा बढुवा

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर राना नेपाल पुलिसको प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका छन् । नेपाल पुलिसले मंगलबार उनलाई हवल्दार पदबाट असई पदमा बढुवा गरेको हो । असई पदको दज्र्यानी चिन्ह लगाउन भने बाँकी नै छ ।

भलिबलबाटै २०६२ सालमा नेपाल पुलिसमा सिपाही पदबाट प्रवेश गरेका उनी २०६५ मा हवल्दार पदमा बढुवा भएका थिए । हवल्दार पदबाट असई पदमा बढुवा हुन उनलाई ११ वर्ष लाग्यो । २०७१ मा नियमित कप्तान कैलाश भट्टले अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएपछि नेपाल पुलिस क्लबको भलिबल टोलीको समेत कप्तान रहेका उनले नेपाली टोलीको कप्तानीको जिम्मेवारी पाएका थिए ।

शुरुवाती बेलाको ओपन स्पाइकर (हाल लिफ्टर) इमले २०७२ मा बंगलादेशमा आयोजना भएको प्रथम एभीसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी गरेकाे थियाे ।त्यसयता उनी नेपाली टाेलीकाे नियमित कप्तान छन् । उनकै कप्तानीमा नेपालले भलिबल इतिहासमा ३३ वर्षपछि गतवर्ष इन्डाेनेसियामा भएकाे जकार्ता एसियाड खेलेकाे थियाे ।

नेपाली भलिबल टोली अहिले उनकै कप्तानीमा नेपालमै आयोजना हुने चौथो संस्करणको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र १३औं दक्षिण एसियाली खेलकुद अन्तरगतको भलिबल खेल्ने तयारीमा छ ।

नेपाली टोली अहिले ३२ साउनबाट ८ भदौसम्म हुने सेन्ट्रल जोन च्याम्पियनसिपका लागि प्रशिक्षणमा रहेको छ । नेपाली टोलीलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिइरहेका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.