6 years ago
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघका सल्लाहकार तथा पूर्व महासचिव जय नारायण चौधरीले भलिबलका विभिन्न खेल सामग्री नेपाल भलिबल संघलाई सहयोग गरेका छन् ।
पूर्व महासचिव चौधरीले जापानिज सिन्हो कम्पनीबाट करिव ११ लाख रुपैया बराबरको भलिबल खेल सामग्री खरिद गरी पठाएको सामग्री मंगलबार प्राप्त गरेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी गराए ।
सहयोग आएको सामग्रीमा एफआइभीभीबाट मान्यता प्राप्त १ सेट पोल, १ थान नेट, १ जोडी एन्टेना र १ सेट पोस्ट कभर रहेका छन् । जसको नेपाली मुल्य करिव ११ लाख रुपैया हुन आउने महासचिव चन्दले बताए । उनले यो सामग्रीहरु आसन्न एभीसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको लागि व्यक्तिगत रुपमा सहयोग गरेको हुन् ।
संघका महासचिव चन्दले यो खेल सामग्रीहरु आसन्न एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा र ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रयोग गरिने जानकारी गराए । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप ३२ साउनबाट ८ भदौसम्म काठमाडौंमा आयोजना हुदैछ । च्याम्पियसिपमा ७ राष्ट्रको सहभागिता रहनेछ ।
हङकङमा बसोबास गर्दै आएका पूर्व अन्तर्राष्ट्रिय खेलाडी चौधरीले यसअघि पनि भलिबल विकासका लागि पटक पटक सहयोग गरेका छन् । आफ्नो समयमा क्विक स्पिाइकरको रुपमा चर्चा कमाएका चौधरीले भलिबलमा पु¥याएको योगदानको मुल्याङ्न गर्दै नेपाल एपिएफ क्लबले दुई वर्षअघि सम्मान गरेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]