6 years ago
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)- अमेरिका र चीनमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीलाई आइतबार बिदाइ गरियो । दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।
अमेरिकाको क्यालिफोर्निमा जुलाई १७ देखि २१ तारिखसम्म हुने सिलिकन भ्याली अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा साजनकृष्ण ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा लवभक्त श्रेष्ठ तथा अफिसियलमा इन्द्रबहादुर कार्की रहेका छन् । टोली सोमबार अमेरिका प्रस्थान गर्दैछ ।
चीनको सुझावमा जुलाई २० देखि २८ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीसहित ६ सदस्यीय टोली सहभागी हुनेछ । खेलाडीमा पुरुषतर्फ प्रिन्स दाहाल र प्रफुल्ल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टिम व्यवस्थापकमा रोहित टण्डन तथा प्रशिक्षकमा मेघराज कठायत छन् । टोली जुलाई १८ तारिखमा चीन जाने कार्यक्रम छ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]