6 years ago
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली पारा तेक्वान्दो टोली आइतबार प्रतियोगिता स्थल जोर्डन प्रस्थान गरेको छ ।
जोर्डनको अम्मान शहरमा १८ जुलाई आयोजना हुने च्याम्पियसिपका लागि ३ खेलाडी र दुई अफिसियल गरी ५ सदस्यीय टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । पलेशा गोवद्र्धनले ५८ केजी (के ४४ क्याटगोरी) तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।
राम बहादुर अधिकारीले ६१ केजी (के ४२ क्याटगोरी) तौल समूहमा तथा रन्जना धामीले ४९ केजी (के ४४ क्याटगोरी) मा प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा राजेन्द्र खत्र र टिम लिडरमा चन्द्र प्रसाद गौतम रहेका छन् । नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भान बहादुर चन्दले बिदाई गरे ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]