default_image

5 years ago

July 13, 2019

थाइल्यान्ड ओपन कराते – मन्देले जिते रजत, टिम कातामा कास्य

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा शनिबार नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको छ ।

आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले स्वर्ण पदक जित्नबाट बञ्चित रहे । स्वर्ण पदक विजेता इन्डोनेसियाका खेलाडीले २०.३६ स्कोर गरे भने मन्देले २०.२० स्कोर गरेका थिए । त्यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा भने मन्दे शीर्षस्थानमा रहन सफल भएका थिए ।


निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की सम्मिलित महिला टोलीले टिम कातामा कास्य पदक जितेको छ । नेपालले २२.८८ अंकका साथ कास्य पदक पक्का गरेको हो । नेपालसँगै ब्रुनाईले पनि कास्य पदक जितेको टिम कातामा चीनले स्वर्ण तथा म्यानमारले रजत पदक जितेको थियो ।

September 19, 2024

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]

September 19, 2024

मिष्टर काठमाडौं राईको शव श्रद्धाञ्जलीका राखेप परिसरमा राखिने

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका‌ अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन […]

September 19, 2024

बागमती सरकारद्वारा पलेशा र एरिकालाई नगदसहित सम्मान

हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई […]

Success

Thank you for your time.