5 years ago
July 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली समुदायबीच आयोजना हुने चौथो समर कप फुटसल प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ ।
श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुवकामा फुटसल प्रतियोगिता साउन ८ गते हुने बताइएको छ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार जापानी यान प्राप्त गर्ने बताइएको छ ।
तेस्रो हुने टोलीले अर्को वर्ष हुने पाँचौं समर कपमा निशुल्क प्रवेश पाउनेछ । साउन ४ गते सम्म दर्ता गर्न सकिने च्याम्पियनसिपमा भाग लिन ३५ हजार जापानी यान बुझाउनुपर्ने आयोजक क्लबले जनाएको छ ।
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य, जयवीर आचार्य र आइसटिना टण्डनले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा मंगलवार सुरु हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नेपाल गल्फ संघले बिदाइ गरेको छ। संघका उपाध्यक्ष पवित्र कुमार […]
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आत्माराम सिम्खडाले लक्ष्मी सनराइज इन्भिटेसनल गल्फको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिवार ३/४ स्टेबलफोर्ड फरम्याटमा भएको प्रतियोगितामा ४३ अंक सहित आत्मरामले उपाधि आफ्नो नाममा लेखाएका हुन्। ७ ह्यान्डिक्यापका उनले अनिशलाल श्रेष्ठलाई हराउँदै उपाधि जिते। ४२ अंक सहित अनिशले दोस्रो स्थान प्राप्त गरे। बेस्ट ग्रसतर्फ टासी छिरिङले उपाधि जिते। उनले ३८ अंक […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]