default_image

6 years ago

July 12, 2019

नेपालले इन्डोर एसिया कप हकी खेल्ने

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा आयोजनामा हुने एसिया कप इन्डोर हकी च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ । नेपालको महिला र पुरुष दुवै टोलीले च्याम्पियनसिपमा भाग लिनेछन् ।


थाइल्यान्डको चोनबुरीमा जुलाई १५ देखि २१ सम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ९ टोलीको सहभागिता रहने बताइएको छ ।

नेपाल हकी संघका उपाध्यक्ष मनिष झाको नेतृत्वमा रहेको टोलीमा पुरुष र महिलातर्फ समान १२ खेलाडी छन् । पुरुष टोलीको प्रशिक्षकमा बाबुराम नेपाल र महिला टोलीको प्रशिक्षकमा रन्जन थापा छन् ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले टोलीको शुक्रबार विदाई गरेका थिए । टोली शनिबार थाइल्यान्ड प्रस्थान गर्नेछ ।

नेपाली हकी टोलीको सहभागिताका लागि शिखर इन्सुरेन्स, नेपाल भ्रमण वर्ष २०२०, फ्याक्ट्स नेपाल र राखेपको सहयोग रहेको संघले जनाएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.