6 years ago
July 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको लागि १७ खेलाडीसहित २१ सदस्यीय नेपाली बक्सिङ टोली प्रशिक्षणका लागि सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ ।
झन्डै २ महिनाको प्रशिक्षणका लागि थाइल्याण्ड जाने खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी छन् । त्यस्तै महिलातर्फ सुस्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल रहेकी छिन् ।
प्रमुख प्रशिक्षक प्रकाश थापा मगर रहेको प्रशिक्षण टोलीमा वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधर, प्रशिक्षकमा राजु थापा र उमेश कटवाल रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बक्सिङका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तालिम दिई रहेको छ । प्रशिक्षणकै दौरानमा जुलाई २० देखि २८ सम्म आयोजना हुने थाइल्याण्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै जुलाई २२ देखि २९ सम्म इन्डोनेसियामा हुने २३ औं प्रेसिडेन्ट अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भुपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । आठौँं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौल समूहकी स्वर्ण पदक बिजेता खेलाडी सुश्मा तामाङ्ग इलिट प्रतियोगिता खेल्ने उमेर नपुगेको कारण दोश्रो स्थान प्राप्त गर्ने खेलाडी ललिता महर्जनले प्रशिक्षणको अवसर पाएकी छन् । तर सुष्मा पनि प्रशिक्षणका लागि थाईल्याण्ड गएकी छिन् ।
महिला ५१ के.जि. तौल समूहमा आठौंकी स्वर्ण पदक विजेता विमला श्रेष्ठ स्वास्थ्यको कारण प्रशिक्षणमा समावेश हुन नसकेपछि रजत पदक विजेता माला राईले मौका पाइकी छिन् । पुरुष ६० के.जि. तौल समुहमा आठौंका स्वर्ण पदक विजेता प्रकाश इजम लिम्बु र रजत पदक विजेता एकवहादुर घले कार्य व्यस्तताका कारण प्रशिक्षणमा सहभागि नभएपछि छनोट खेलमार्फत सनिल साही टोलीमा परेका छन् ।
त्यस्तै पुरुष ८१ केजीका च्याम्पियन मनोहर बस्नेत (म्याक्स) स्वास्थ्यको कारण प्रशिक्षणमा जान नसक्ने बताएपछि आठौंका रजत पदक विजेता गणेश प्रधानलाई टोलीमा समावेश गरेको संघले जनाएको छ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]