default_image

6 years ago

July 7, 2019

सिलवाललाई राखेपको सदस्य बनाउन भलिबल संघको सिफारिस !

104 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव बन्ने तयारीमा रहेका रमेश सिलवाललाई नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तीका लागि सिफारिस गरेको छ ।

संघको आइतबार बसेको कार्य सम्पादन समितिले सिलवाललाई सदस्य बनाउन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई सिफारिस गर्ने निर्णय गरेको श्रोतले बताएको छ । अबको केहि घन्टामा परिस्थिति बदलिएन भने मन्त्री विश्वकर्माले सिलवाललाई सोमबार सुरुमा राखेप सदस्य नियुक्त गर्ने बताइएको छ । त्यसपछि मन्त्रीले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिव नियुक्त गर्नेछन् ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते ४ वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि रिक्त रहेको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी गरिएको छ । राखेपमा हाल दुई सदस्य रिक्त छन् । राखेप सदस्यहरु मध्येबाट मन्त्रीस्तरीय निर्णयबाट ४ वर्षका लागि राखेप सदस्य सचिव नियुक्त गर्ने प्रावधान छ ।

निर्वतमान सदस्य सचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि हालै टुंगिएको थियो । राष्ट्रिय संघहरुको सिफारिसमा ३ सदस्य राखेप बोर्डमा सदस्य नियुक्त हुने प्रावधान छ । संघको सिफारिसमा रहेका दावा गुरुङ राखेप सदस्य छन् ।

‘ संघको सिफारिसमा ३ जना राखेप बोर्ड सदस्य मन्त्रीले नियुक्त गर्नेछन्’, राखेपका पूर्व सदस्य एवंम त्रिभुवन विश्वविद्यालयका खेलकुद विभाग प्रमुख गंगाबहादुर थापाले भने, ‘सदस्य मध्यबाट मन्त्रीस्तरीय निर्णयबाट १ जनालाई सदस्य सचिव नियुक्त गर्ने प्रावधान छ । ’ त्रिविबाट राखेपमा प्रतिनिधित्व गरेका थापाको कार्यकालपनि पूर्व सदस्य सचिव विष्टको सकिएको भोलीपल्ट असार १० गते सकिएको थियो ।

प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहन्छन् । प्रधानमन्त्रीको निकट मानिने सिलवाल पूर्व सदस्य सचिव विष्टले पूर्नगठन गरेको नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष हुन् । हिसान र गोल्डेन गेट कलेजका अध्यक्ष समेत रहेको सिलवाल मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष हुन् । उनी क्यानको उपाध्यक्ष समेत रहिसकेका छन् ।

प्रधानमन्त्री केपी ओली, उप-प्रधानमन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री विश्वकर्माको सहमतिमा सिलवाललाई सदस्य सचिव बनाउने तयारी भइरहेको बुझिएको छ । तर, नेकपाकै केहि व्यक्ति भने सिलवाललाई सदस्य सचिव नियुक्त हुनबाट रोक्नका लागि प्रयासरत रहेको श्रोतले बताएको छ ।

पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका समयमा तीन सदस्यीय क्रिकेट संघ गठन गरिएको र त्यसमा सिलवाल महासचिव रहेकोले उनलाई नियुक्त गर्नु नहुने तर्क तिनले अघि सारेका छन् । सिलवालसहित त्यो समितिको सदस्यविरुद्ध मुद्दा विचाराधिन भएकाले उनलाई नियुक्त गर्न नहुने तर्क उनीहरुको छ ।

अर्कोतर्फ सिलवाल भने सुरुमा राखेप सदस्य र त्यसपछि सदस्य सचिव नियुक्तको पत्र लिदै मंगलबार परिषदमा पदबहाल गर्ने तयारीमा रहेको बताइएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.