default_image

6 years ago

July 3, 2019

कुस्ती विवाद उत्कर्षमा : ‘लिखित सहमति भएकै छैन’ – राणा

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको संयोजक पिताम्वर तिम्सिनाले अस्तित्वमा रहेका दुई संघको सहमतिमै राजमोहम्मद अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन गरिएको गत सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

केहि दिन अघि राणा अध्यक्ष रहेको संघले आयोजना गरेको पत्रकार सम्मेलन ।

तर, राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको पहलमा दुई संघहरु मिलाएर अघि बढ्ने सहमती भएको बताएपनि राष्ट्रिय खेलकद परिषदको संरक्षणमा रहेका कुस्ती संघका अध्यक्ष नारायण देवा रानाले लिखित कुनै सहमति नभएपनि विभिन्न सञ्चार माध्यममा लिखित सहमति भएको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष राणाले अनाधिकृत रुपमा अस्तित्वमा रहेका भनी प्रचारबाजी गर्दै आएका राजमोहम्मद अन्सारीलाई तथाकथित पुनर्गठन गएिको भनिएको कुस्ती संघको अध्यक्ष बनाउन कानुनी राज्य र लोकतान्त्रिक प्रक्रियाको बर्खिलाप भएको ठहर गरे ।

अध्यक्ष राणाले २०७२ जेठ २५ गते विधिवत रुपमा साधरणसभामार्फत निर्वाचन सम्पन्न गरी पुन साधरण सभाको लागि स्वीकृति माग्दा आनाकानी र सम्पर्कमा आउने नचाहेका सदस्यसचिव केशव कुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन संघ पुनर्गठनको पत्रमा हस्ताक्षर गरी विवादलाई समाधान धन्दा पनि झन विवादमा मुछ्ने काम गरेको आरोप लगाए ।

यस्तै अध्यक्ष राणाले पुनर्गठको विषयमा आफुसँगै कुनै सहमति नभएको तर, सहमति भएको भनी मिडियामा प्रचारबाजी गरेको प्रति खेद प्रकट गरेका छन् । उनले लिखित सहमतिमा हस्ताक्षर नगरेको र त्यस प्रकारको सहमति भएको पाइए त्यस्तो सहमतिलाई राखेपका उपाध्यक्ष पीताम्वर तिम्सिनालाई भद्र चुनौती समेत दिएका छन् ।

उनले लोतान्त्रिका प्रक्रियाबाट निर्वाचित संघलाई उपेक्षा गरी अघि बढ्दा खेलकुदलाई कुन दिशातर्फ लैजान खोजेको र यसको जवाफ खेलप्रेमी र राज्यलाई दिन उपाध्यक्ष तिम्सिना र निवर्तमान सदस्यसचिव विष्टलाई तुरुन्त जावफ दिन विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.