default_image

6 years ago

June 27, 2019

दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो भदौमा

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो आयोजना गर्ने भएको छ ।

सेप्टेम्बर ६ र ७ (भदौ २० र २१) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक नेसाले डोटा-२ र सीएस-गोका ५ खेलाडी सम्मिलित टोलीले दर्ता शुल्क ५ हजार तिर्नुपर्ने जनाएको छ । यसपटकको डोटा च्याम्पियन डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुने ११ औं विश्व च्याम्पियनसिपका लागि छनोट हुने जानकारी दिएको छ ।

ई-स्पोर्ट्स च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलको प्रसिद्ध खेल ‘फिफा’ मा दर्ता गर्न भने खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ । सबै खेलको विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । नेसाले सबै खेल गरेर कम्तिमा ८ सय खेलाडीले सहभागिता जनाउने अनुमान गरेको छ ।

पछिल्लो संस्करणमा ई-स्पोर्ट्स च्याम्पियनसिप मात्र आयोजना गरेको नेसाले यसपटक ई-स्पोर्ट्स एक्स्पो पनि आयोजना गर्ने भएको छ । नेपालमा ई-स्पोर्ट्सको व्यापार र यसको विस्तारमा रहेका सम्भावनालाई जनमानसमा पुर्याउने लक्ष्य लिएर यो एक्स्पो आयोजना गर्ने लागिएको संघका अध्यक्ष सुरज डंगोलले जानकारी दिए । एक्स्पोमा विभिन्न खेल तथा पात्रको रुपधारण गर्ने ‘कस्प्ले’ प्रदर्शनीका साथै क्लासरुम रकर्स (ब्यान्ड प्रतियोगिता) पनि आयोजना हुनेछ । एक्स्पोबाट झन्डै १० हजार लाभान्वित हुने लक्ष्य नेसाले राखेको छ । च्याम्पियनसिप तथा एक्स्पो आयोजनाका लागि हामीले सम्पूर्ण इभेन्ट व्यवस्थापनका लागि माइससँग सम्झौता गरेको संघले जनाएको छ ।

नेपालमा ई-स्पोर्ट्सको सर्वोच्च निकायका रुपमा रहेको नेसाले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । पछिल्लो वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रदर्शनी खेलको रुपमा रहेको लिग अफ लेजेन्ड्समा भिएतनाममा भएको एसियाली छनोटमा सहभागिताका साथै गतवर्ष नै ताइवानमा भएको १० औं विश्व च्याम्पियनसिपमा नेसामार्फत नै सीएसगोमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपटक प्रतियोगिता आयोजनामा नेपाल ओलम्पिक कमिटिको पनि सहयोग रहेको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.