6 years ago
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको भलिबल इतिहासमै सबै भन्दा ठूलो प्रतियोगिता अर्को महिना आयोजना हुँदै छ । सात देशका राष्ट्रिय भलिबल टोलीको सहभागिता साउन ३२ गते देखि एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।
त्यसका लागि आर्थिक सहयोग जुट्ने क्रममा पनि सुरु भएको छ । आयोजक नेपाल भलिबल संघले सहयोगका लागि अपिल पनि गरेको छ । भदौ ८ गते सम्म चल्ने प्रतियोगितामा साढे २ करोड रुपैयाँ भन्दा बढी खर्च हुने संघको अनुमान छ ।
संघले आयोजना गर्ने प्रतियोगिताका लागि घरेलु भलिबलमा परिचित क्लब ढोरपाटन स्पोर्टस् क्लबले आर्थिक सहयोग गरेको छ । क्लबले बुधबार आयोजित कार्यक्रममा १ लाख रुपैयाँ प्रदान गरेको थियो । भलिबल संघका सचिव समेत रहेका क्लबका अध्यक्ष मनवीर छन्त्याल, उपाध्याक्ष किरण घायल, कोषाध्यक्ष छलकुमारी छन्त्याललगायतले संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई चेक हस्तान्तर गरेका थिए ।
यसअघि नेपाल उद्योग बाणिज्य महासंघले संघलाई ४० लाख रुपैयाँ प्रायोजन गरेको थियो । त्यस्तै संघकी सदस्य ज्योति केसीले पनि अनज्योति स्कुलका तर्फबाट १ लाख रुपैयाँ प्रदान गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष शर्माले सेन्ट्रल जोन आयोजना चुनौतिपूर्ण काम भएको जान्दा जान्दै जोखिम लिएको बताएका छन् । उनले देश भित्र सबैको साथ रहने विश्वासका साथ सेन्ट्रल जोन आयोजनाको आट गरेको जनाए ।
दुई वर्षअघि नेपाली पुरुष टोलीले सोही सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जितेको थियो । चार दशक भन्दा लामो अन्तर्राष्ट्रिय इतिहास भएको नेपाली पुरुष भलिबल टोलीले जितेको त्यो एक मात्र अन्तर्राष्ट्रिय पदक हो ।
यसपटक पनि कडा चुनौति दिने उद्देश्य साथ नेपाली टोलीको तयारी सुरु भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेदरल्यान्ड्सका प्रशिक्षक हानले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । संघका महासचिव जितेन्द्रबहादुर चन्दले विगतमा भन्दा पनि सफल नतिजा प्राप्त गर्ने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिए ।
उपाध्यक्ष सुवेदीको सपथ
सोही अवसरमा हालै संघको उपाध्यक्षमा मनोनित भएका कुमारराज सुवेदीलाई अध्यक्ष शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सुवेदीले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको विकास विस्तारका आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए । संघका अध्यक्ष शर्माले सुवेदीको आगमनले भलिबल विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
संघको वैधानिक व्यवस्था अनुसार अध्यक्ष शर्माको प्रस्तावमा असार ७ गतेको बैठकले सुवेदीलाई उपाध्यक्षमा मनोनित गरेको थियो । ५ उपाध्यक्ष संघको निर्वाचन र २ अध्यक्षले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ । अर्का उपाध्यक्ष रन्जन खड्का यसअघि नै मनोनित भइसकेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]