6 years ago
June 24, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपीएफकी बिनिता बुढाथोकी र आर्मीका दिल सुनार पोखरामा सम्पन्न सातौ पुरुष तथा छैटौं महिला राष्ट्रिय बिच भलिबलमा सार्वेत्कृष्ट खेलाडी बनेका छन् ।
बिनिताले आफ्नो टोली एपीएफलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै आर्मीलाई च्याम्पियन बनाउन दिलले पनि उच्च प्रदर्शन गरेका थिए ।
आर्मीले सोमबार बिहान गण्डकी ‘बी’ लाई तथा एपीएफले पुलिस ‘ए’ लाई पराजित गर्दै उपाधि जिेतका थिए ।
गत ५ असारबाट पोखरास्थित फेवाताल किनारको भलिबल कोर्टमा शुरु भएकबो बिच भलिबलमा महिलातर्फ १४ र पुरुषतर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको थियो ।
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]
January 18, 2025
काठमाडौ (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो। खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो। ११-५ […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका […]