default_image

6 years ago

June 24, 2019

बिनिता र नेविकाकाे जाेडीलाई महिला बिच भलिबल उपाधि

105 views

0 Bookmark

पाेखरा (हाम्राे खेलकुद) – बिनिता बुढाथाेकी र नेविका चाैधरीकाे जाेडी नेपाल एपिएफ ‘ए’ ले छैटाै राष्ट्रिय महिला बिच भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।

एपिएफ एकी विनिता बुढाथोकी र नेविका चौधरी (दायाँ)।

फेवाताल किनारकाे काेर्टमा साेमबार बिहान भएकाे खेलमा बिनिता र नेविकाकाे जाेडीले निता कुमारी शाह र काेपिला उप्रेतीकाे जाेडी नेपाल पुलिस ‘ए’ लाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे ।

एकपक्षीय खेलमा बिनिता र नेविकाकाे जाेडीले निता र काेपिलाकाे जाेडीमाथि २१-१३ र २१-१३ ले पराजित गर्दै उपाधि हात पार्याे । उपाधिसँगै एपिएफले ३० हजार रुपैया हात पार्याे । दाेस्राे भएकाे पुलिसले २० हजार रुपैया पायाे । तेस्राे भएकाे गण्डकीले १० हजार पायाे ।

पुरुषतर्फकाे फाइनलमा मान बहादुर श्रेष्ठ र दिल सुनारकाे जाेडी त्रिभुवन आर्मी क्लब ‘ए’ र राजु बिक र अनिल मगरकाे जाेडी गण्डकी ‘बी’ ले प्रतिस्पर्धा गर्दैछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.