6 years ago
June 24, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘ए’ र नेपाल एपीएफ क्लब ‘ए’ ले पुरुष तथा महिलातर्फ बीच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
पोखरामा सोमबार भएको फाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारसम्मिलित आर्मी ‘ए’ ले राजु विक र अनिल मगर सम्मिलित गण्डकीलाई २-१ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले २१-१६ ले जितेपनि दोस्रो सेट गण्डकीले २१-१८ ले आफ्नो पक्षमा पार्यो । निर्णायक सेटमा आर्मीले लय समात्दै १८–१६ को जित दर्ता गर्यो ।
महिलातर्फ भएको विभागीय भिडन्तमा एपीएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नीता कुमारी शाह र कोपिला उप्रेती को जोडीलाई सोझो सेटमा पराजित गर्यो । एपीएफले २१-१३, २१-१३ को अन्तरले जित दर्ता गर्दै उपाधि हात पारेको हो ।
पुरुषतर्फ सन्जु बिक्रम शाह र रमेश केसीको जोडी गण्डकी ‘ए’ ले चन्द्र कुवँर र तोरण चन्दको जोडी नेपाल पुलिस ‘ए’ लाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । महिलामा पुष्पा चौधरी र मनिषा चौधरीको जोडीले तेस्रो स्थान हात पा¥यो ।
उपाधिसँगै महिला र पुरुष दुवै तर्फको विजेताले समान ३० हजार रुपैया हात पा¥यो । दोस्रो भएकाले पनि समान २० हजार पायो । तेस्रो पनि समान १० हजार रुपैया पायो ।
प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]