6 years ago
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)- पुलिस ‘ए’ की कोपिला उप्रेती र नीता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् ।
आइतबार भएको सेमिफाइनलमा पुलिसका कोपिला र नीताको जोडीले आर्मीकी मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
दोस्रो सेमिफाईनल खेल भने पुलिसका मनिसा चौधरी र पुष्पा चौधरीको जोडिर एपीएफका बिनिता बुढाथोकी र नेबिका चौधरीबीच १–१ सेट भएपछि लाईट प्रोटेस्टका कारण स्थगित भएको छ ।
क्वाटर फाइनलमा मनिसा र पुष्पाले एपीएफकी शशि चौधरी र पुजा चौधरीको जोडीलाई २१–१३ र २१–१२ तथा बिनिता र नेबिकाको जोडिले प्रदेश ५ का भावना डाँगी र शर्मिला नेपालीको जोडिलाई २१–१४ र २१–६ को सोझो सेटमा हराएर सेमिफाईनल प्रवेश गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]