6 years ago
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब ए र नेपाल पुलिस क्लब ए पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरीको जोडी रहेको एपिएफ एले शनिबार प्रदेश ५ को एको शर्मिाला नेपाली र भावना डाँगीजोडीलाई २१–१४, २१–६ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
पुलिस एका कोपिला उप्रेती र सुनिता शाहको जोडीले प्रदेश १ ए पुष्पा चौधरी र मनिषा चौधरीको जोडीलाई २१–८,२१–११ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका छन् । महिलातर्फका क्वार्टरफाइनलका बाँकी २ खेल र सेमिफाइनल आजै हुने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।
सातौं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको लिग चरणका खेल सञ्चालन भइरहेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]