default_image

6 years ago

June 22, 2019

विनिता र नेविकाको जोडी समूह विजेता, क्वार्टरफाइनल समिकरण पुरा

113 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका दुवै टोली पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बिहान लिग चरणका खेलपछि क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ ।

एपिएफ एकी विनिता बुढाथोकी र नेविका चौधरी (दायाँ)।


नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरी सम्मिलित एपिएफ ‘ए’ समूह ‘डी’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा प्रदेश १ को ‘बी’ लाई २१–११ र २१– ६ ले हराउँदै विनिता र नेविका क्वार्टरफाइनलमा पुगेका हुन् ।

मंसिरमा स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि २५ सदस्यीय प्रारम्भिक टोलीमा पर्न असफल भएपछि विनिता र नेविका बीच भलिबल खेल्न पोखरा आएका हुन् । सागको प्रारम्भिक टोलीमा पर्ने महिला र पुरुष दुवै टोलीका खेलाडीले भने बीच खेल्न नपाउने गरि नेपाल भलिबल संघले प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

समूह ‘डी’को अर्को खेलमा विजयी हुँदै प्रदेश ५ को ‘बी’ टोली अन्तिम आठमा पुगेको छ । अन्जना बुढाथोकी र राधा बुढाथोकीको जाडीले प्रदेश ३ को ‘ए’लाई २१-१५,२१-१८ ले पराजित गरेको छ ।
पुजा चौधरी र शशी चौधरी सम्मिलित एपिएफ ‘बी’ले कर्णाली’ ए’ लाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । चौधरीको जोडीले २१–८,२१–११ को सहज जित हासिल गरेको थियो । चौधरीको जोडी समूह ‘सी’ को विजेता बनेको छ ।

प्रियंका चौधरी र समिता सार्की रहेको प्रदेश १ को ‘ए’ टोली समूह ‘सी’को उपविजेताका रुपमा अन्तिम आठमा पुगेको छ । आजै विहान भएको अर्को खेलमा नेपाल पुलिस क्लब ‘ए’ ले कर्णाली बीचलाई २१–५,२१–४ ले सहजै हराउँदै समूह विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । पुलिएमा राष्ट्रिय टोलीको प्रशिक्षणमा पर्न नसकेकी कोपिला उप्रेति र सुनिता शाह रहेका छन् ।

समूह ‘बी’बाट भने मनीषा खाड र पुष्पा पलपरियार सम्मिलित त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली समूह विजेता र शर्मिला नेपाली र भावना जाडी रहेको प्रदेश ५ को ‘ए’ टोली उपविजेताका रुपमा अघि बढेका छन् ।

भलिबल संघको संयोजन र कास्की जिल्ला भलिबल संघको आयोजनामा जारी महिलातर्फ सहभागी १४ टोलीमध्ये ६ टोलीको चुनौति समाप्त भएको छ । आजै हुने क्वार्टरफाइनलमा पुलिस ‘ए’ र प्रदेश १ को ‘ए’, आर्मी’ ए’ र प्रदेश ५ को ‘बी’ , एपिएफ ‘बी’ र नेपाल पुलिस ‘बी’ तथा एपिएफ ‘ए’ र प्रदेश ५ को ‘ए’बीच प्रतिस्पर्धा हुनेछ ।

सातौं पुरुष राष्ट्रिय बीच भलिबलमा भने लिग चरणका खेल जारी छन् । पुरुषतर्फ १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.