6 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना बैद्य र दीपक बिष्ट, तेक्वान्दोका अन्य पदक विजेता र तेक्वान्दोकर्मी शुक्रबार सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले तेक्वान्दोसँगै अन्य खेलको विकासमा योगदान पु¥याएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा शुक्रबार दीपक र संगीनासहित ९ खेलकर्मीलाई ताम्रपत्रसहित सम्मानित गरेको हो ।
सम्मानित हुनेमा दीपक र संगीनासँगै रेफ्री नविन कुमार श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य रहेका छन् । यस्तै एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयषा शाक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकार रहेका छन् ।
सातदोबाटोस्थित नवनिर्मित नेपाल तेक्वान्दो संघको हलमा उनीहरुलाई गृहमन्त्री राम बहादुर थापा बादल लगायतले सम्मानित गरे । दुई दिने प्रतियोगितामा ग्यारोगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा ७ प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]