6 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय र परोपकार आदर्श मावि ‘ओलम्पिक डे’ को अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयको आयोजनामा भएको प्रतियोगितको पहिलो खेलमा आयोजकले कन्या मन्दिर माविलाई तथा परोपकार आदर्शले ज्ञान सुधालाई पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
विजेश्वरीले कन्यालाई २५–२२ र २५–२२ ले पराजित गर्दै फाइनलमा पुगेको हो । यस्तै अर्काे खेलमा परोपकारले ज्ञानसुधालाई २५–२० र २५–१३ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । फाइनल आइतबार हुनेछ । प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ ।
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रवार प्रतियोगिता उद्घाटन गरे । प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० […]
January 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको सेमिफाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो। नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित […]