default_image

6 years ago

June 20, 2019

राई राष्ट्रिय टिम तयारी निर्देशक नियुक्त

114 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन् ।

खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि असार ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङ्गबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वितीय श्रेणीको रुपमा बरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नती भएका थिए ।

यस्तै काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहेको अवस्थामा राईलाई तत्कालिन सदस्य सचिव युवराज लामाको समयमा २०७२ सालमा तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकमा पदोन्नती गरिएको थियो । २०७४ साल देखि राई नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत रहेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.