6 years ago
June 20, 2019
काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिता बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । बुधबारदेखि नै यु–११ तर्फको विधाका खेलहरु शुरु भएपनि यसको औपचारिक उद्घाटन बिहीबार नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गरेका थिए ।
सामाखुशी फुटसलबाट यु–११ तर्फ आरआइबिएस, राजन मेमोरियल वियजी भएका छन् । यु–१३ मा होलीभिजन वियी हुदा यु–१५ मा हिम रस्मीले पहिलो खेलमा एमिटी विट्सलाई ६–२ ले पराजित गरेपनि दोस्रो खेलमा ग्रीनल्यान्डसँग ४–१ को हार बेहो¥यो ।
नेसनल स्पोर्टस् सेन्टर च्यासलमा यु–११ तर्फ रातो बंगला ‘ए’ र बी’ तथा एलए जेम्सले सेमिफाइनलमा भेट पक्का गरे । यु–१३ मा जेम्स र रोजवडले सेमिफाइनल यात्रा तय गरे ।
ग्रासरुटबाट मंगलदीव, जोन डेवे, डेफोडिल र विद्या संस्कारले सेमिफाइनल यात्रा तय गरे ।
यु–१३ बाट डेफोडिल, त्रिनेत्र, मेरिडियन, केटिएम मेरिडियन, टिआइए, जोन डेवे, र विद्या संस्कारले क्वाटरफाइनल यात्रा तय गरे । यु–१५ मा डेफोडिल, विद्यदा संस्कार, जेनिसिस, इन्साइड भिजन, केटिएम मेरिडियन , जोन डेवे र बुढानिलकण्ठले अन्तिम आठमा स्थान सुरक्षित गरे ।
बिजी ब्रदर्श भक्तपुरबाट कौस्तुभ, हाइल्यान्ड, लाइसियमले जित निकाले । यु–१३ मा नेपाली ताराले प्रिसियसलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । यु–११ मा मेरिगोल्ड ‘ए’, प्रिसियस, गेट वे, र एबी स्कुल सेमिफाइनलमा पुगे ।
शान्तिनगरबाट क्यानभास, पाठशाला, न्यु समिट, राजर्षी गुरुकुल यु–१३ तर्फ सेमिफाइनलमा पुगे । यु–१५ तर्फ पिस प्वाइन्ट र एम्विसन, एक्मी एकेडेमी र केभिएस, राजर्षी गुरुकुल र केटिएम नेसनल तथा एसएसएसभिएमले अंकुरसँग खेल्नेछ । बाकी क्वाटरफाइनल शुक्रबार र फाइानल शनिबार हुनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]