6 years ago
June 17, 2019
नुवाकोट (हाम्रो खेलकुद) – नुवाकोटमा जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज होङ्ग्वान्जी न्यू डायमन्ड एकेडेमी र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन् । खेल, जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा हुनेछ ।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एपीएफले भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा डायमन्डसगँको भेट पक्का गरेको थियो ।
एकपक्षीय खेलमा डायमन्डले आर्र्मीमाथि २५–१२, २५–१२ र २६–२४ को सहज जित निकालेको थियो । अर्काे सेमिफाइनलमा एपीएफले पुलिसलाई २५–१२, २५–१६ र २५–१५ ले पाखा लगाएको थियो । आज पुलिसलाई हराउँदै आर्मी तेस्रो भएको छ ।
जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा जारी प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५ तथा तेस्रोले ४० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल खेल हाम्रो खेलकुद डट कमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]