default_image

6 years ago

June 16, 2019

१३औं सागको लागि ५ अर्ब भन्दा बढीको प्रस्ताव

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा आगमी मंसिरमा आयोजना हुने १३औं सागको लागि बजेट निर्माण कार्यदलले विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड, ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाको बजेट प्रस्ताव गरेको छ ।

उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रुपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए ।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारीतर्फ ८८ करोड १२ लाख ६८ हजार १५०, खेलस्थल ब्यवस्थापनतर्फ ३ करोड ११ लाख, प्राविधिकतर्फ ३० करोड ४० लाख ६९ हजार ९ सय, श्रोत साधन परिचालनतर्फ २० लाख, सुरक्षातर्फ ५० करोड, २६ लाख १ हजार ८४०, आवस ब्यवस्थापनतर्फ ४५ करोड ५२ लाख ८६ हजार, यातायात ब्यवस्थापनतर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्यतर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशनतर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापनतर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालनतर्फ २ करोड २ लाख ९७ हजार, अतिथी सत्कारतर्फ १ करोड २९ लाख ५ हजार, खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालयतर्फ १ अर्व २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैया, एन्टि डोपिङतर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समितितर्फ २७ करोड ९९ लाख २७ हजार १ सय, आईटि ब्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड रहेको छ ।

उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्रि सुनारले १३ औं दक्षिण एशियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठा संग जोडिएको भन्दै सवै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे । उनले प्रतियोगिता सम्पन्न गर्न बजेटको निकैनै महत्वपूर्ण स्थान रहेको भन्दै त्यसै क्रममा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिको वैशाख २६ गते बसेको बैठकले समितिका सदस्य एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा विभिन्न बिज्ञहरु रहेको बजेट निर्माण कार्यदल गठन गरिएकोमा उक्त कार्यदलले समयमानै आफ्नो कार्य सम्पन्न गरेको भन्दै कार्यदलका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद प्रदान गरे ।

बजेट विभिन्न क्षेत्रका दक्ष तथा बिज्ञहरुसँग छलफल गरि निर्माण गरिएको उपाध्यक्ष तथा बजेट निर्माण कार्यदलका संयोजक तिम्सिनाले बताए । संयोजक तिम्सिनाले बजेट निर्माण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सवैलाई धन्यवाद समेत प्रदान गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, मन्त्रालयका सचिव कुष्णप्रसाद देवकोटाको पनि उपस्थिती रहेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.