6 years ago
June 16, 2019
नुवाकोट (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लब नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुग्दा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।
एकपक्षीय खेलमा डायमन्डले आर्मीमाथि २५–१२, २५–१२ र २६–२४ को सहज जित निकाल्यो । डायमन्डको जितमा उच्च प्रदर्शन गरेकी प्रतिभा माली खेलको वुमन अफ दि म्याच घोषित भइन् । उनले १ हजार रुपैया पाइन् ।
अर्काे सेमिफाइनलमा एपीएफले पुलिसमाथि २५–१२, २५–१६ र २५–१५ को सहज जित निकाल्दै फाइनलमा थान बनायो । फाइनल सोमबार हुने आयोजक विदुर नगरपालिकाले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा भएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।
दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउनेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]