default_image

6 years ago

June 16, 2019

प्रदेश १ को खेलकुद बजेट ४७ करोडभन्दा बढी

120 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ४७ करोड भन्दा बढीको बजेट विनियोगन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट नियोजन गरेका हुन् ।

प्रदेश सरकारले खेलकुदलाई विकास र बिस्तार गर्नको लागी खेलकुद बोर्ड गठन गर्ने योजना अगाडि सारेको छ । एक स्थानिय तह एक खेलमैदान निर्माण गर्नको लागी ३६ करोड ६० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।

धरान उप महानगरपालिकालाई खेलकुद ग्रामको रुपमा बिकास गर्नको लागी ५ करोड छुट्टाइएको छ । विराटनगरको सहिद मैदानमा फ्लडलाईटका लागि ५ करोड रुपैयाँ प्रदेश सरकारले विनोयोजन गरेको छ । सहिद मैदानमा रात्री फुटबल यसअघि सञ्चालन भइसकेको छ । त्यहाँको फ्लडलाइटको स्तर उन्नती हुने अपेक्षा गरिएको छ ।

इटहरी रङशालालाई प्रादेशिक रंगशाला र बैजनाथपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमो रुपमा विकास गर्ने प्रदेश सरकारले लक्ष्य राखेको छ । ती दुई योजनाका लागि सरकारले १ करोड रुपैयाँ छुट्टाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) संग सहकार्य गर्दै आएको सरकारले मुख्य मन्त्री कप र प्रदेश लिग फुटबलका लागि समान १ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्री आङबोले प्रदेश १ का लागि कुल ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.