default_image

6 years ago

June 16, 2019

सहज जितसँगै होङ्ग्वान्जी न्यु डायमन्ड फाइनलमा

86 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकाल्दै होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो ।

एकपक्षीय खेलमा डायमन्डले आर्मीमाथि २५–१२, २५–१२ र २६–२४ को सहज जित निकाल्यो । डायमन्डको जितमा उच्च प्रदर्शन गरेकी प्रतिभा माली खेलको वुमन अफ दि म्याच घोषित भइन् । उनले १ हजार रुपैया पाइन् ।

अब होङ्ग्वान्जी न्यु डायमन्डले उपाधिका लागि आजै हुने दोस्रो सेमिफाइनल एपीएफ र नेपाल पुलिस क्लबको विजेतासँग खेल्नेछ । फाइनल सोमबार हुनेछ ।

विदुर नगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा भएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.