default_image

6 years ago

June 15, 2019

न्यु डायमन्ड र एपीएफ समूह विजेता

111 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद)-होङग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा शनिबार भएको समूहको अन्तिम खेलमा डायमन्डले आयोजक विदुर नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो । एकपक्षीय खेलमा डायमन्डले विदुरमाथि २५–१४, २५–५ र २५–२१ को सहज जित निकाल्यो ।

यो समूहबाट नेपाल पुलिस क्लब समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । समूहको अन्तिम खेलमा पुलिसले सिन्धुपाल्चोकमाथि २५–१३, २५–१२ र २५–१५ को सहज जित निकाल्यो । एपीएफले शनिबार दोहोरो जित हात पार्दै समूह ‘बी’ को विजेता बन्न सफल भयो ।

पहिलो खेलमा एपीएफले पारामाउन्टमाथि २५–६, २५–६ र २५–२१ को सहज जित निकाल्दा विभागीय डर्वी भिडन्तमा आर्मीलाई २५–२१, २५–१५ र २५–२२ ले हरायो । एपीएफसँग पराजित भएपनि आर्मी समूह ‘बी’ बाट उपविेजताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

डायमन्डले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता आर्मीको तथा एपीएफले समूह ‘ए’ उपविजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल आइतबार हुनेछ । विदुर नगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा भएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउनेछन् । फाइनल सोमबार हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.